काठमाण्डु- भारतको कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत पाकिस्तानबीच तनाव चुलिएको छ । भारत–प्रशासित कश्मीरको पहलगाममा ९ वैशाखमा एक नेपालीसहित २८ पर्यटकको हत्या भएको घटनामा भारतले पाकिस्तानमाथि आरोप लगाउँदै आएको छ । यो घटनापछि दुई आणविक शक्ति राष्ट्रबिच युद्धको खतरा बढेको छ । तनाव चुलिएपछि पाकिस्तानी सेनाले शनिबार ‘अब्दाली क्षेप्यास्त्र’ को सफल परीक्षण गरेको छ ।…