बुढानीलकण्ठमा गृहमन्त्री र ऊर्जामन्त्रीबीच सुरक्षा व्यवस्थाबारे भनाभन

काठमाण्डु – सुरक्षा व्यवस्थाबारे नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने २ मन्त्रीबीच भनाभन भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको संसदीय दलको कार्यसमिति बैठकमा भनाभन भएको हो । गृहमन्त्री रमेश लेखक र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबीच सुरक्षा व्यवस्थाबारे सभापति देउवाकै अगाडि भनाभन भएको हो । ऊर्जामन्त्री खड्काले आफूमाथि मन्त्रालयमै हातपात…