काठमाण्डु– अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ ।सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् । बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौँ सवारीसाधन र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।…