रवि लामिछानेको थुनछेक बहस आज पनि हुने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा बुधवारदेखि फेरि थुनछेक बहस जारी रहने छ । सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी थुनछेक बहस बुधवार हुनेछ । सो मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस…