काठमाण्डु - नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा महाधिवेशनका लागि मञ्चको निर्माण गरिएको छ । एमाले भक्तपुरका अध्यक्ष वचन देउजाका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, प्रतिनिधि बस्ने व्यवस्था, सुरक्षा घेरा तथा व्यवस्थापनसम्बन्धी सबै संरचनाहरू तयार पारिएको छ । महाधिवेशन को उद्घाटन…