मुद्दा फैसला नहुँदै कसरी पक्राउ परे रेशम चौधरी ?

काठमाण्डु – कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई राष्ट्रपतिबाट कैद मिनाहा पाएका रेशम चौधरी पुनः पक्राउ परेपछि सर्वाेच्च अदालत प्रशासनमाथि प्रश्न खडा भएको छ । चौधरीको कैद मिनाहाविरुद्ध परेको मुद्दामा आदेश वा फैसला नहुँदै सर्वाेच्च प्रशासनले रेशमलाई कारागार पठाउन पत्र काटेको छ । सर्वाेच्च अदालतको मुद्दा तथा रिट महाशाखाको च.नं. १९२७७ को पत्रमा शाखा अधिकृत…