काठमाण्डु – प्राथमिक सेयर (आइपीओ) निष्कासनका लागि ८५ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । लामो समयसम्म बोर्ड अध्यक्ष रिक्त हुँदा आइपीओ निष्कासनसम्बन्धी निर्णय हुन नसक्दा धेरै कम्पनीका आवेदन बोर्डमा थन्किएर बसेका छन् । अघिल्लो पुस २१ गतेदेखि खाली रहेको बोर्ड अध्यक्षमा सरकारले १० मंसिरमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । अध्यक्षमा श्रेष्ठ नियुक्त भएपछि…