काठमाण्डु – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उपयुक्त नहुने बताएको जानकारी गराए । उनले भने,…