काठमाण्डु– ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् ।सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्त पुर्याएको छ । लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै नेपाल धर्ना दिन सिंहदरबार पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । ‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याए सिंहदरबार गेटसम्म…