काठमाण्डु – सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको ११ सय २४ पेज लामो प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार वेबसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन भदौ ३१ गते प्रतिनिधि सभामा पेश भएको थियो । सभामुख देवराज घिमिरेले प्रतिवेदन पेश भएकै दिन कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका थिए…