भारतीय विद्युत्मन्त्री खट्टर नेपाल आउँदै, कोशी करिडोर ट्रान्समिसन लाइन उद्घाटन हुने

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् र आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टर मंगलबार बिहान नेपाल आउन लागेका छन् । संखुवासभामा निर्माण सम्पन्न भएको कोशी करिडोर प्रसारण लाइनको ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । संखुवासभामा रहेको वसन्तपुर– बानेश्वर–तुम्लिङटार र ढुङ्गेसाँघु २२०…