काठमाण्डु– आईसीसी विश्वकप लिग–२मा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३३ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सतक हाने । उनले १३० बलमा १०९ रन जाेडे । १२६ बलमा सय रन पूरा गरेका उनी…