काठमाण्डु-अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी भन्ने सूचना आएपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम स्थगित गरिएको हो । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावलाई ध्यानमा राखी आजका लागि तय भएको बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ ।…