काठमाडौं- 'प्रेमगीत' पछि निर्देशक सुदर्शन थापाले 'म यस्तो गीत गाउँछु' शीर्षकमा फिल्म बनाउने भएका छन्। निर्देशक थापाले शनिबार फिल्ममा काम गर्ने कलाकार तथा प्राविधिकलाई चिनाउँदै माघ २१ बाट फिल्मको छायांकन थालिने जानकारी गराएका हुन्। प्रेमकथा श्रेणीमा बन्न लागेको फिल्ममा निर्देशक थापाले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई जोडीको रुपमा प्रस्तुत गर्नेछन्। पल र पूजा…