काठमाण्डु - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल शिक्षक महासङ्घ सङ्खुवासभाको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा उनले शिक्षकका मागका सम्बन्धमा सरकारले सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने बताएका हुन् । “शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुको पनि सुझाव र सल्लाह आवश्यक छ, शिक्षामन्त्री तथा मन्त्रिपरिषद्समक्ष यो विषयमा छलफल…