काठमाण्डु - धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध उठेको कमिसन काण्ड संसदीय छानबिनको दायरामा पुगेको छ । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा आइतबार श्रेष्ठविरुद्ध औपचारिक रूपमा उजुरी दर्ता भएको छ । उनीविरुद्ध उजुरी दर्ता भएपछि कमिसन काण्ड संसदीय छानबिनको प्रक्रियामा प्रवेश गरेको हो । यस्तै प्रकारको उजुरी संसदको अर्थ समितिमा पनि दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ…