प्रतिनिधिसभामा आज महत्त्वपूर्ण विधेयक र प्रतिवेदन पेस हुँदै

काठमाण्डु - संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० र भन्सार विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ। यसैगरी विनियोजन विधेयक, २०८२, आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल…