सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत

काठमाण्डु – सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । सभापति एमाले सांसद सूर्यबहादुर थापाले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेका हुन् । सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी प्रतिनिधिसभालाई दिए ।…