काठमाण्डु– उत्तरी चिनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ ।शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट हुँदा दर्जनौँ वेपत्ता भएका छन् । विस्पोटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।…