दुई वर्षमा पोखरा विमानस्थलमा जम्मा सात उडान !

काठमाण्ड-निर्माण भएको दुई वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार दुई वर्ष पुग्नै लाग्दा जम्मा ७ वटा अन्तर्राष्ट्रिय उडान भएको पाइएको हो । उक्त विमानस्थल आर्थिक वर्ष २०७९/८० पुस १७ गते उद्घाटन गरिएको थियो ।…