सुदूरपश्चिम सरकारले सोमवार पुनः बजेट ल्याउँदै

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट सोमबार ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते सोमबार बजेट ल्याउने बताएका हुन् । उनले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर…