संसदीय छानबिन समितिले गर्‍यो कांग्रेस उपसभापति गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री धनराज गुरुङ मुछिएको ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले स्थलगत अवलोकन गरेको छ । मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङले रकम हिनामिना गरेको आरोप लागेको छ…