शेखर समूहको प्रतिनिधित्वबिना कोशी सरकारमा कांग्रेस सहभागी

विराटनगर – नेपाली कांग्रेस इतर समूहको प्रतिनिधित्वबिना कोशी प्रदेश सरकारमा सहभागी भएको छ । शुक्रबार कांग्रेसका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गर्दा शेखर समूहका कुनै पनि नेता मन्त्री र राज्यमन्त्रीमा परेका छैनन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । नेता कृष्णप्रसाद सिटौला समूहका…