काठमाण्डु – एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मानिसहरूले मुटुरोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटुरोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श…