देश वैदेशिक रोजगारीको दुष्चक्रमा पर्दैछ : मन्त्री भण्डारी

काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट आर्जेको सीप, अनुभव र पुँजीलाई प्रभावकारी परिचालन नगरे देश वैदेशिक रोजगारीको दुष्चक्रमा पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा मंगलबार आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दक्षिण कोरिया, स्विजरल्याण्ड जस्ता विकसित मुलुक कुनै समय वैदेशिक रोजगारको भुमरीमा परेको बताउँदै ती देशहरू आर्थिक समृद्धिमा योगदान…