मन्त्रीलाई फेसबुकमा जवाफ फर्काएपछि वैद्यखानाका निर्देशक केसीलाई स्वास्थ्य मन्त्रालयलले सोध्यो स्पष्टीकरण

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशन नमानी फेसबुकबाट जवाफ फर्काएपछि स्वास्थ्य मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको आरोपमा मन्त्रालयले डा. केसीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो ।…