काठमाण्डु - परराष्ट्रमन्त्री डा. आरजु राणा भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । केही दिनदेखि युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा जर्मनीको राजधानी बर्लिनबाट सिधै नयाँदिल्ली पुगेकी हुन् । परराष्ट्रमन्त्री राणा बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमण सकेर भारतमा भ्रमणका लागि पुगेकी हुन् । परराष्ट्रमन्त्री भएपछि राणाको यो दोस्रो भारत भ्रमण हो । बिहीबार बिहान नयाँदिल्लीमा ओर्लिएपछि…