५ दिनभित्र बुहारी, भाउजू र नातिनी बितेपछि विक्षिप्त छन् श्यामलाल, त्रासमा छन् गाउँले

बाँके–बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी परिन्। घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो। श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणबाट सङ्क्रमित ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा मृत्यु भयो, यसको दुई दिनपछि भदौ १६…