काठमाण्डु – राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले रिहा गरेको छ । उनी शुक्रबार तीनकुनेस्थित राजावादीको प्रदर्शनस्थलमा रहेको प्रमाण नभेटिएपछि प्रहरीले म्याद थप नगरी रिहा गरेको छ । तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको दिन उनी परीक्षामा सामेल भए पनि प्रहरीले उनलाई साँझ पक्राउ गरेको थियो । तीनकुनेको प्रदर्शन उत्तेजक बनाउन अधिवक्ता समेत रहेका नेपालको कुनै भूमिका…