नवराज सुवेदी नजरबन्दमा परेपछि राजावादी प्रदर्शनको नेतृत्व गुरुङले गर्ने

काठमाण्डु–अब राजावादी प्रदर्शनको नेतृत्व जगमान गुरुङले गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी सरकारको नजरबन्दमा परेपछि प्रदर्शनको नेतृत्व गुरुङले गर्ने भएका हुन् । आइतबार आफूलाई नजरबन्दमा राखिएकाले आफ्नो अनुपस्थितिमा गुरुङले गर्ने भन्दै सुवेदीले विज्ञप्ति जारी गरेका छन् । उनले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान समेत गरेका छन् ।…