तीनकुने घटनामा पूर्वराजालाई जरिवाना तिराउने निर्णय हास्यास्पद छ : कमल थापा

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाण्डु महानगरपालिकाको निर्णय हास्यास्पद भएको टिप्पणी गरेका छन् । महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबूकमा राख्दै उनले महानगर प्रमुख बालेन्द्र शाहको निर्णयलाई स्टन्टको संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा…