अमेरिकामा मुना पाण्डेलाई गाेली हानी हत्या गर्ने एक जना पक्राउ

काठमाण्डु– अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गाेली हानी हत्या आराेपमा एक जना पक्राउ परेका छन् । हस्टन प्रहरीले हत्या आरोपमा सन्दीग्ध एकजना पक्राउ गरेको हो । बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरिएकाे नेपयोर्क समाचार पाेर्टलले जनाएकाे छ । पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन ।…