तिजमा खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौँ प्रशासनको चेतावनी

काठमाण्डु – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिज मनाउने क्रममा अनावश्यक तडकभडकसहित खर्चिला कार्यकम गरे कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको…