टुकुचामाथिको भ्वाङ : सडक विभागको लापरवाही, पैदल यात्रीलाई सास्ति (१५ तस्वीर)

काठमाण्डु–काठमाडौँ महानगरपालिकाको कार्यालयको प्रवेशद्वार नजिकै गत साउन २५ गते भासिएकाे सडक अहिले सम्म बनेकाे छैन । सडक भासिएपछि त्यस क्षेत्रमा तिन साता देखि सवारी आवागमन प्रभावित भएको छ। सडक विभागले जताततै गिट्टी बालुवा, तार थुपार्दा पैदलयात्रीले समेत सास्ती भाेगेका छन् ।