भ्रष्टाचार मुद्दामा वडाध्यक्षलाई सजाय नभएपछि सर्वाेच्च पुग्यो अख्तियार

काठमाण्डु – विशेष अदालतले भ्रष्टाचार मुद्दामा वडाध्यक्षसहित ३ जनालाई सजाय नगरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेश कुमार बस्नेत, लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुवेदीविरुद्ध अख्तियार सर्वोच्च गएको छ । विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन…