२०८४सम्म प्रधानमन्त्री बन्दिन : अध्यक्ष दाहाल

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू आगामी निर्वाचनसम्म प्रधानमन्त्री नबन्ने बताएका छन् । अध्यक्ष दाहालले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे । शुक्रबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले आफू २०८४ सम्म जनताकै साथमा रहने र प्रधानमन्त्री नबन्ने बताए । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा…