२१ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २१०० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ…