राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

काठमाण्डु– सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । अधिवक्ता रामबहादुर रावल लगायतले परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट…