काठमाण्डु– सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् । संघीय संसद्का दुवै सदनबाट पारित भएको विधेयक सभामुख घिमिरेले बुधबार प्रमाणित गरिएको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । सभामुखबाट प्रमाणित विधेयक प्रमाणित गर्न अव राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिनेछ…