एनपीएल क्रिकेट : चितवन राइनोजले काठमाडौँलाई ५ विकेटले हरायो

काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आजको पहिलो खेलमा चितवन राइनोजले जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिबी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमामा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको हो । काठमाडौँ गुर्खाजले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन, ल्यूक मार्टिन…