यस्ता छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डाहरू

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि चार दिनका लागि चीनको औपचारिक भ्रमणमा जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीनको भ्रमण गर्न लागेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरूलाई टुंगो लगाएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार,…