थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाण्डु–थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए । मंगलवार थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो । पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो ।