सुदूरपश्चिमका मुख्यमन्त्रीले भेलि विश्वासको मत लिने

काठमाण्डु–सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । शाहले सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् । शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।