काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरूसँग सामूहिक भेटवार्ता गरेका छन् । आउँदो १५ चैतदेखि सुरु हुने ‘संयुक्त जनआन्दोलन’लाई प्रभावकारी र निर्णायक बनाउने दौडधुपमा चलिरहेका बेला बिहीबार सोल्टी होटलमा लन्चसहित करीब डेढ घण्टा पूर्वराजा ज्ञानेन्द्रसँग कुराकानी भएको हो । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र…