हवाई सुरक्षाबारे ५ बुँदे सुझाव पठाउँदै सुमनाले भनिन्–खड्गप्रसाद र बद्रिप्रसादको प्रतिबद्धता चाहिन्छ

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हवाई क्षेत्रको सुरक्षाको सुझाव पठाएकी छिन्। पर्यटनमन्त्री बद्रि प्रसाद पाण्डेको सचिवालयबाट सुझाव माग गरिएको थाहा पाएपछि इमेलमार्फत आफ्नो सुझाव पेस गरिएको उनले बताएकी छिन्। सुझाव सार्वजनिक गर्दै सामाजिक सञ्जालबाट उनले भनेकी छन्, ‘दिइएको आधिकारिक ईमेलमा हामीले यी सुझावाहरु बुझाएका छौँ। यथाशीघ्र कार्यान्वयनमा…