धनगढी – पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व शुक्रबार कैलाली र कञ्चनपुरमा धुमधामसँग मनाइरहेका छन् । खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भनेर गुरहीको प्रतीकका रूपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाइ गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) चलन रही आएको थारु नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले…