कञ्चनपुर-भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुरत कुमार बम नेतृत्वको प्राविधिक टोलीले कञ्चनपुरको दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । शुक्रबार दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को १८ नम्बर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो । जोगबूढा नदीको कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधिसहित प्राविधिक टोलीले निरीक्षण गरेको…