काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्मानमा बन्ने ‘ओलीकुटी’ निर्माणका लागि कुनै चन्दा संकलन नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत् उनले ओलीकुटी निर्माणबारे आएका कतिपय कुराहरू भ्रमपूर्ण रहेको उल्लेख गर्दै ओलीकुटी गुण्डु गाउँकै पहलमा बन्न लागेको बताए । बस्नेतले लेखेका छन्, ‘ओलीकुटी निर्माणमा चन्दा उठाइँदैन…