भारतमा पनि जुर्मुराउँदै छन् जेन जी पुस्ता

काठमाण्डु- नेपालमा गत महिना भएको ‘जेन–जी’ आन्दोलनको प्रभाव भारतका युवाहरूमा पनि परेको पाइएको छ। नेपालको ‘जेन–जी’ आन्दोलनले त्यहाँको सरकारलाई ढालेको छ भने संसदको नयाँ निर्वाचन गराउन गैरदलीय अन्तरिम सरकार बनेको छ। नेपालमा युवाहरूले गरेको आन्दोलनको पछिल्लो प्रभाव लद्दाखमा भएको आन्दोलन हो। छुट्टै लद्दाख राज्यको माग गर्दै गत २८ सेप्टेम्बरमा भएका प्रदर्शन हिंसात्मक बनेपछि लद्दाखका प्रहरी…