पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका ३ जनाको उद्धार

बागलुङ– बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका ३ जनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा छजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल ४ जना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई…